काठमाडौँ ।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमील लगायत प्रदेशका पहाडी भू-भागमा बदली रही पहाडी भू-भागका केही स्थानमा वर्षा हुन सक्ने जनाएको छ ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । अहिले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा बदली भइरहेको महाशाखाले जनाएको छ ।
भोलि प्रदेश १ र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा बदली रही पहाडी भू-भागका केही स्थानमा वर्षा हुन सक्ने छ ।
त्यस्तै आइतबार पहाडी भू-भागमा बदली रही प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।