पूर्वसांसद तामाङको निधन
  • SNN Nepal

  • सिरहा । पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विएल वाइबा नामले परिचित विष्णु बहादुर तामाङको निधन भएको छ । सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा आज राति निधन भएको हो ।

    कारोना सङ्क्रमणबाट मुक्त भइसकेका उनको उपचारको सिलसिलामा सुगर लेभल एक्कासी बढी भएर झापाको दमकमा रहेको आम्दा अस्पतालमा मृत्यु भएको बताइएको छ । उनको शव घर ल्याइरहेका बताइएको बडा अध्यक्ष भुषण खातीले जानकारी दिए । घर ल्याएर भोली बिहानमात्रै दाहसंस्कार गर्ने कार्यक्रम बनिरहेको उनले बताए ।

    लामा २०४८ सालको आम निर्वाचनमा उनी सिरहा क्षेत्र नंं ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए । उनी कम्यूनिष्ट आदर्श र सोशित पीडित जनताप्रति समर्पित नेताको रुपमा परिचित थिए ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images