तराई-मधेसलाई मरुभूमिकरण गर्ने काम स्वीकार्य हुँदैन : कमल थापा
  • SNN Nepal

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई–मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् ।शुक्रबार ट्वीट गर्दै उनले वातावरणीय सन्तुलन विगार्ने तथा तराई–मधेस र भित्रीमधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका हुन् ।

    थापाले खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गर्न दिने सरकारको नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैसा भएको बताएका छन् । उनले खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासीका विषयमा सरकारले आफ्नो धारणा स्पष्ट पार्नु पर्ने पनि बताएका छन्  ।

    ‘खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ’ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ । यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ। वातावरणीय सन्तुलन विगार्ने तथा तराई–मधेस र भित्रीमधेसलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्वीकार्य हुँदैन,’ उनले भनेका छन् ।

    सरकारले आगामी आर्थिक वर्षको बजेटमा खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ भन्ने उल्लेख छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images