गुल्मीमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु
  •  गोकर्ण पाण्डे

  • गुल्मी। गुल्मीमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
    जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।
    जिल्लाको रेसुङा नगरपालिकामा तिन जना, मुसिकोट नगरपालिकामा १५ जना,सत्यवती गाउँपालिकामा १८ जना,कालीगण्डकी गाउँपालिकामा चार जना,धुर्कोट,मालिक र चन्द्रकोट गाउँपालिकामा एक९एक जना,गरि ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
    यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ५८५ पुगेको छ। त्यस्तै,पछिल्लो २४ घण्टामा ६९ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल एक हजार ८२४ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ। गुल्मीमा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ।इस्मा गाउँपालिका वडा नम्बर ५ का ५९ वर्षिय पुरुषको मृत्यु भएको छ ।यो सँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ।
  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images