प्रहरी निरिक्षक यादवको अर्को धमाका
  • अनिल कुमार साह

  • बारा।  ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखमा प्रहरी निरिक्षक बिन्देश्वर यादव आएपछि अवैध गतिविधि न्युनिकरण हुदै गएको पनि छ । उनले एक माथि अर्को धमाका गर्दै गैरहेका छन्।

    उनको नेतृत्व को टोलीले करिब ६० हजार बराबर मूल्यको चोरी पैठारीको लताकपडा, किराणा सामानहरु बरामद गरी भन्सार दाखिला गरेका हुन।

    यस कार्यालयाबाट विभिन्न मिति, समय र स्थानमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको मुल्य रू.६०,०००।-हजार बराबरको विभिन्न किसिमका लाताकपडा, किराना सामानहरू बेवारीसे अवस्थामा फेला परेको हुँदा उक्त मालसामान बरामद गरी आज शुक्रबार बिरगंज भन्सार कार्यालयमा दाखिला गरेको छ।

    यस भन्दा अघि पनि केहि समयदेखि अवैध रुपमा संचालनमा रहेको अवैध रक्सी भट्टीमा छापामारी गरी नष्ट गरेका थिए।

    ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखमा प्रहरी निरीक्षक यादवले सम्हालेदेखि अवैध कार्यमा प्रहरीले सक्रियताका साथ निगरानी बढाएको प्रहरीले जनाएको छ । अहिले गलत प्रबृत्तिका ब्यक्तिहरुमा त्रास पैदा भएको छ । केहि समयदेखी सक्रिय रहेका उनीहरुले भने यादवलेजिम्मेवारी सम्हालेदेखि त्रसिएका भन्ने जन आवाजहरू सुन्न पाइरहेको छ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images