सांसद राजिब पहारीद्वारा बिपन्न जनतालाई खाद्यान्न सहयोग
  • SNN Nepal

  • पोखरा। गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले कोरोनाका कारण जारी निषेधाज्ञाको कारण जनताको जीवन कस्टकर बन्दै गएको भन्दै उनीहरुलाई खाद्यान्न सहयोग जुटाउन लागि परेका छन् ।

    आफ्नो निर्बाचन क्षेत्रमा कोरोना नियन्त्रण र संक्रमित जनताको उपचारमा लागि परेका सांसद पहारीले पोखरा महानगर वडा नं २४ स्थित कास्किकोटका बिपन्न र आर्थिक अबस्था कमजोर भएका जनतालाई सहयोग हस्तान्तरण गरेका हुन । शुक्रबार पहारिको समन्वयमा नमस्ते सामुदायिक प्रतिस्ठान नेपाल र बटरफ्लाई फाउन्डेसनको सहयोगमा ४५ परिवारलाई चामल, तेल, तरकारी, नुन लगायतका रु एक लाख पचास हजार बराबरको खाद्य सामाग्री प्रदान गरिएको हो ।

    सो अबसरमा पहारिले कोरोना महामारिका कारण यसको नियन्त्रणका लागि कास्किमा घोषणा गरिएको लकडाउनका कारण श्रमजीवी जनताको जीवन कष्टकर बन्दै गैरहेको बेलामा उनीहरुको दुःखमा सारथी बनेर सहयोगमा जुटेको प्रतिक्रिया दिए । उनले निषेधाज्ञाको पालना गर्दै कोरोना नियन्त्रणमा सहयोगी बन्न आग्रह गरे । उनले अप्ठ्यारो परेमा सिधै सम्पर्क गर्न आग्रह समेत गरे ।

    पोखरा महानगर वडा नं २४ का अध्यक्ष ओम सुबेदीले कठिन परिस्थितिमा साथ दिएको भन्दै आभार व्यक्त गरे । सांसद पहारीले पोखरा महानगरपालिका उपमेयर मन्जुदेबी गुरुङ र प्राबिधिकसहित वडामा संचालित विभिन्न विकास आयोजनाहरुको निरीक्षण र अनुगमन समेतगरेको उनका स्वकिय सचिब साजन सुबेदिले जानकारी दिएका छन् ।

     

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images