आज विश्व वातारवरण दिवस, वातावरण संरक्षणमा चुनौती कायमै
  • SNN Nepal

  • काठमाडौँ । आज विश्व वातावरण दिवस । नेपालमा पनि दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।

    संयुक्त राष्ट्र संघले आह्वानमा प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो ।

    यस वर्ष  पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ ।

    तर वातावरण संरक्षणमा यो बेला सरकारीस्तरबाटै वेवास्ता भएको आरोप पनि लागेको छ । वातावरण जोगाउन क्रियाशील हुनुपर्ने सरकार नै चुरे क्षेत्र मासेर वातावरण संरक्षणमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने प्राकृतिक सम्पदाको दोहनमा लागेको भन्दै विज्ञहरूले आलोचना गरेका छन्।

    यसअतिरिक्त धुँवाधुलो, बढ्दो शहरीकरण, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासी, खेतियोग्य जमिनमा भएको प्लटिङ, बन फडानीलगायतका वातावरण संरक्षणविपरितका क्रियाकलापले स्वच्छ वातावरणमा बस्न पाउने नागरिकको मौलिक हक समेत हनन् भएको छ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images