नेयमारको गोलमा ब्राजिलको सहज जित
  • SNN Nepal

  • काठमाडौँ।फिफा विश्वकप छनोटमा ब्राजिलले इक्वेडरविरूद्ध सहज जित निकालेको छ ।

    दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २-० गोलले हराएको हो ।

    ब्राजिललाई जित दिलाउन रिचार्लिसन र नेयमारले एक/एक गोल गरे ।

    ६५औँ मिनेटमा रिचार्लिसन र इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० को जित दिलाएका हुन् । विश्वकप छनोटमा लगातार पाँचौं जित निकालेको ब्राजिलले ५ खेलमा १५ अंक जोडेको छ ।

    ब्राजिल तालिकाको शीर्ष स्थानमा रहेको छ । इक्वेडर ९ अंकसहित तेस्रो स्थानमा छ ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images