गुल्मीमा गाई काटेको आरोपमा २ जना पक्राउ
  • SNN Nepal

  • गुल्मी । गुल्मीमा गाई काटेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका-१ लिलिङ्गका २४ वर्षीय रमेश श्रीस र २२ वर्षीय बिमल घर्तीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

    सोही वडाकी स्थानीय हिरा पुनले २२ दिन अघि पाल्न गाई किनेर घर ल्याएकी थिइन् । पुनको गोठमा बानिएको गाई दुईजना मिलेर जंगलमा ल्याइ काटेर खाएको आरोपमा उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

    गाईको मासु काटेर घर-घरमा लगेको र टाउको र छाला गाडेर छाडेको अवस्थामा फेला पारेको पारेको डिएसपी पाण्डेले बताए । घटनामा संलग्न थप मानिसहरु खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

    जेठ १६ गतेका दिन गुल्मीको मालिका गाउँपालिकाको वडा नं-२ पाटाखर्कमा एक हल गोरु घनको प्रयोगमा मारी काटेर पित्त झिकेको आरोपमा एक जना युवासहित ३ जना नाबालक प्रहरीद्वारा पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images