काठमाडौँ।अमेरिका बस्दै आएका फेसन डिजाइनर प्रवल गुरुङले नेपाललाई सहयोग गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् । उनले अमेरिकी संचारमाध्यम सीएनएनसँग कुराकानी गर्दै नेपाललाई सहयोगको खाँचो रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।
उनले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भ्याक्सिनको अत्यधिक आवश्यक रहेको बताए । उनले आफू अमेरिकामा रहे पनि नेपाललाई बिर्सिन नसक्ने भन्दै आफूले सक्ने सहयोग गरिरहेको बताए । अहिले उनी नेपाललाई सहयोग गर्नका लागि टिम बनाएर काम गरिरहेका छन् ।