संक्रमित भन्दा निको हुने धेरै, आज ८२४३ निको, ५०४२ संक्रमित
  • SNN Nepal

  • काठमाडौं । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेहरु धेरै रहेका छन् । आज ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । त्यस्तै आज ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् भने ६८ जना संक्रमितको मृत्यु भएको छ ।

    अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ । अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण भएको थियो ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images