सिरहा । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–५ कल्याणपुरमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
कल्याणपुरमा रामनारायण यादवकी छोरी १० वर्षीया रुबी कुमारी यादवको आफ्नै घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको त्रिशक्ति हेल्थ केयर लहान हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।