साउदी अरबबाट टर्की भएर नेपाल आउन सकिने
  • SNN Nepal

  • काठमाडौँ । साउदी अरबबाट कतार वा टर्की  ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् ।

    साउदी  अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने  गरी  व्यवस्था  मिलाइएको  जानकारी गराएको छ ।

    दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल  जान उडान खोल्ने  सम्बन्धमा  अझै  कुनै निर्णय भएको छैन तर नेपाल जान चाहने श्रमिकले कतार वा टर्की (कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स)बाट ट्रान्जिट मिलाएर फर्कन सकिने व्यवस्था गरिएको छ ।

    सूचनामा टिकटका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने जनाइएको छ ।  नेपाल सरकारले हाल नेपाल  एयरलाइन्स,  टर्किस  एयरलाइन्स  र  कतार एयरवेजलाई  साताको  एक÷एक  उडान  सञ्चालन गर्न अनुमति दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images