हेटौंडा अस्पतालमा थप ३ कोरोना संक्रमितको मृत्यु
  • SNN Nepal

  • मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत थप ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा ३ जना पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा।सागर काफ्लेले जानकारी दिए ।

    उनका अनुसार मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का ५० वर्षका पुरुष, राकसिराङ गाउँपालिका वडा नम्बर–१ का ८२ वर्षका पुरुष र सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर–५ का ८६ वर्षका पुरुष रहेका छन् ।
    उनीहरुमा केही दिनअघि संक्रमण पुष्टि भएको र स्वास्थ्यमा समस्या देखिए पछि थप उपचारका लागि अस्पतामा भर्ना भएका थिए ।

    उनीहरुको अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा राखेर उपचार भइरहेको थियो । योसँगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचारका क्रममा २६ जना महिला र ५० जना पुरुष गरी कुल ७६ जनाको मृत्यु भइसकेको छ ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images