बुधबारदेखि बेपत्ता महिला मृत फेला परिन्
  • SNN Nepal

  • काठमाडौँ । गत बुधबारदेखि बेपत्ता भएकी भक्तपुर, चाँगुनारायणकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

    चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथली सौडोलकी ३९ वर्षीय सुनमाया न्हेम्हाफुकी नालाको जंगलमा नाम्लोको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा शनिबार (हिजो) दिउँसो फेला परेकी हुन् ।

    बुधबार विहान घर नजिकैको खेतमा रोपाईं गरेर फर्केपछि खाना खाएर बाहिर निस्केकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिईन् ।

    उनको घरमा पनि कुनै किसिमको झैझगडा नपरेको परिवारजनले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका एक छोरा, एक छोरी र श्रीमान छन् ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images