देश विकासको अभियानमा प्रधानमन्त्रीलाई सहयोग गर्न सरकारमा आएका हौँ : उर्जामन्त्री भण्डारी (भिडियोसहित)
  • SNN Nepal

  • काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीले मुलुकको आर्थिक क्रान्तिलाई अघि बढाउन गम्भीरतापूर्वक कार्यसम्पादन गर्ने बताएका छन् ।

    आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड नै उर्जा र जलस्रोत क्षेत्र भएको भन्दै आफूले आर्थिक क्रान्तिलाई अघि बढाउन गम्भीरतापूर्वक कार्यसम्पादन गर्ने बताएका हुन् ।

    उनले मन्त्रालयको कामलाई चुस्त र प्रभावकारी बनाउने र यसका लागि अन्य मन्त्रालयसँग समन्वय तथा सहकार्य गर्ने बताए । मन्त्री भण्डारीले मुलुकको विकासको अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न आफूहरु सरकारमा आएको जिकिर गरे । उनले आफूहरुको माग मुद्धाहरु प्रधानमन्त्री ओलीले सम्बोधन गरेका कारण नै सहकार्य गरेको धारणा राखे ।

    हेरौँ भिडियो

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images