कारको ठक्करबाट पैदलयात्रीको मृत्युपछि फरार सांसदका छोरा पक्राउ
  • SNN Nepal

  • विराटनगर । कारको ठक्करबाट पैदलयात्रीको मृत्युपछि भागेका प्रदेश १ का प्रदेश सांसद बिन्दिया कार्कीका छोरा रोविन पक्राउ परेका छन् ।

    कार्कीलाई आइतबार अपराह्न विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

    पक्राउ परेका कार्कीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरू गर्ने प्रहरीको तयारी छ । कार्कीलाई सवारी ज्यान मुद्दामा म्याद थप गरिने छ । गत बिहीबार राति साढे सात बजे रोविनले मदिरा सेवन गरी चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो ।

    सोही दुर्घटनामा मोरङ कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् ।

    राजनीतिक शक्ति केन्द्रको दबाबमा प्रहरीले उनलाई पक्राउ गर्न आनाकानी गरेको थियो । तर, चौतर्फी दबाबपछि कार्कीलाई आइतबार अपराह्न विराटनगरको बरगाछी घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images