गण्डकीमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ५१३ जना नयाँ संक्रमित थपिए
  • SNN Nepal

  • पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १४ जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।

    उनका अनुसार कास्कीमा ७, स्याङजा २, नवलपरासी पूर्व २, तनहुँ २ र पर्वतमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  पोखरा–१५ की ६२ वर्षीय महिला, पोखरा–१८ की ६३ वर्षीय महिला, पोखरा–२९ की ५९ वर्षीय महिला, पोखरा–१३ का ४९ वर्षीय पुरुष, पोखरा–२४ का २२ वर्षीय पुरुष, पोखरा–१७ की २५ वर्षीय महिला र कास्कीको माछापुच्छ्रे«े–४ की ७२ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

    त्यसैगरी पर्वतको मोदी–८ की २२ वर्षीय महिला, स्याङजाको भिरकोट–४ की ७७ वर्षीय महिला, वालिङ–६का ४८ वर्षीय पुरुष, तनहुँ म्यादे–४ का ७५ वर्षीय पुरुष, शुक्लागण्डकी–१० का ८२ वर्षीय पुरुष, नवलपरासीको कावासोती–४ का ८१ वर्षीय पुरुष र देवचुली–२ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७६२ पुगेको छ ।

    त्यसैगरी गण्डकी प्रदेशमा आइतबार थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६८६ जनाको नमुना परिक्षण गरिएकामा ५१३ जनामा संक्रमण देखिएको हो ।  संक्रमित मध्ये २४५ महिला र २६८ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा १६३, गोरखामा ११३, नवलपरासी ५५, स्याङजा ५७,बागलुङ ४९, तनहुँ ४४, लमजुङ २२, पर्वत ५ र म्याग्दीमा समेत ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ हजार ५०० पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ७४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ३६ हजार ५१७ पुगेको छ ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images