बोकोहरामका नेता अबुबकर सेकाउको मृत्यु भएको हो ?
  • SNN Nepal

  • एक विपक्षी लडाकू समूहले नाइजेरियाको उग्रवादी समूह बोकोहरामका नेता अबुबकार सेकाउको मृत्यु भएको जनाएको छ । विपक्षी लडाकू समूहले एउटा अडियो रेकर्डमा सेकाउले आफैँलाई विस्फोट गराएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

    उक्त अडियो रेकर्डमा दुईवटा समूहबीचको भिडन्तपछि सेकाउले आफैँलाई विस्फोट गराएको जनाइएको छ । यद्यपी नाइजेरिया सरकार र बोकोहराम दुबैले सेकाउको मृत्यु भएको पुष्टि गरेका छैनन् ।

    अघिल्लो महिना भएको भिडन्तमा सेकाउको मृत्यु भएको खबर आएपछि नाइजेरियाको सेनाले त्यसबारेमा अनुसन्धान गरिरहेको बताएको छ । यद्यपी यसबेरमा ठोस प्रमाणबिना वक्तव्य जारी नगर्ने सेनाले जनाएको छ ।

    बीबीसीका अनुसार यसअघि पनि उनी मारिएको खबर आउथ्यो । र, फेरि उनी देखापर्थे ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images