जर्मनी यू-२१ युरोपियन च्याम्पियन
  • SNN Nepal

  • काठमाडौँ। जर्मनी जर्मनी यू–२१ फुटबलको युरोपियन च्याम्पियन बनेको छ ।

    आइतबार राति भएको उपाधि भिडन्तमा पोर्चुगललाई १–० ले हराउँदै जर्मनी च्याम्पियन बनेको हो ।

    जर्मनीको जितमा लुकास नेमेचाले ४९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

    योसँगै जर्मनी तेस्रो पटक यू–२१ को युरो च्याम्पियन बनेको छ । तेस्रो पटक फाईनल खेलेको पोर्चुगल यसपटक पनि उपबिजेतामै सीमित बन्यो।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images