लागुऔषधसहित दुईजना पक्राउ
  • SNN Nepal

  • धनगढी । लागुऔषधसहित कञ्चनपुरमा दुई जनालाई सशस्त्रप्रहरीले पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट झिलमिलाको फवार्ड वेश राधाकृष्णबाट खटिएको टोलीले बेल्डाँडी नगरपालिका-३ वनकुर्मा क्षेत्रबाट वेदकोट नगरपालिका-५ का २७ वर्षीय सुरेश नेपाली र सोही ठाउँका २८ वर्षीय सन्तोष बिष्टलाई पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगरसहित एउटा मोटरसाइकल, दुईवटा मोवाइल र नगद एक हजार सात सय रुपैयाँ पनि बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images