स्रोत नखुलेको नगद र लागुऔषधसहित ४ जना पक्राउ
  • SNN Nepal

  • सुर्खेत । स्रोत नखुलेको नगद र लागुऔषधसहित प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ गोदामस्थित एक रेष्टुरेन्टबाट ४ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार  गोदामस्थित एक रेष्टुरेन्टबाट स्रोत नखुलेको नगद ५ लाख ८ हजार २ सय रुपैयाँ र करिब ७ ग्राम ४ सय ५० मिलीग्राम  लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने उक्त कटेजका सञ्चालक ५१ वर्षीया बिष्णुदेवी शाही, सोही ठाउँ बस्ने १८ वर्षीय एक किशोर र  दैलेख गुराँस गाउँपालिका–५ बस्ने १९ वर्षीया शरु शाही रहेका छन् ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images