सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने
  • SNN Nepal

  • सुदूरपश्चि ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन् ।

    प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार नै दर्ता भइसकेको छ ।

    १० जेठमा बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    तर, माधव नेपाल समूहको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन कायम राख्ने निर्णय गरेको छ ।

    शुक्रबार सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि विश्वास नरहेको जानकारी सदनलाई गराएका थिए ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images