प्रदेश- २ को बजेट अधिवेशन आज, ठाकुर पक्षले अवरुद्ध गर्ने
  • SNN Nepal

  • जनकपुरधाम । प्रदेश २ को बजेट अधिवेशन आज सुरु हुँदैछ । पदेश प्रमुख राजेश अहिराजले पाँचौं अधिवेशनको अन्त्य गरी छैठौं अर्थात् बजेट अधिवेशन आह्वान गरेका हुन् ।

    प्रदेशसभा सचिवालयले आज १ बजे बैठक डाकेका छन् । बैठकमा नवनियुक्त दलका नेतालाई शुभकामना र प्रि-बजेट छलफल हुने कार्यसूची छ ।

    प्रदेशमा जनता समाजवादी पार्टीको सरकार छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले आइतबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश संसदीय दलका नेता चयन गरेका छन् ।

    उनले विधान समेत बहुमत संसद्को हस्ताक्षरसहित पारित गरेका छन् । आइतबार राति नै राउतले ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त पनि गरेका छन् ।

    ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरिएका कारण उनी पक्षीय सांसदले प्रदेशसभा बैठक अवरुद्ध पार्ने सम्भावना छ । प्रदेश सरकार जेठ २७ मा नीति तथा कार्यक्रम र अगामी असार १ मा बजेट ल्याउने तयारीमा जुटेको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images