प्रचण्डद्वारा सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण
  • SNN Nepal

  • काठमाडौं । नेकपा (माओवादी) केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ को संक्रमणबाट जोगिन प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरू माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका प्रदेश इन्चार्ज मार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गरे ।

    सो स्वास्थ्य सामग्रीहरू चीन , माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग- संगठनबाट प्राप्त भएको बताइएको छ ।

    स्वास्थ्य सामग्रीहरू : एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजीन, थर्मल गन, अक्सिमिटर, खालि अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पीपीई सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर, फेस सिल, केएन ९५ मास्क रहेको बताइएको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images