रामेछापमा पिसिआर मेसिन नहुँदा समस्या

छ घण्टामा आउनु पर्ने रिपोर्ट तीन दिन सम्ममा पनि आउँदैन

  • SNN Nepal

  • रामेछाप । परिक्षण शुरु गरेको छ घण्टा भित्रमा आउने पिसिआर रिर्पोट रामेछापका नागरीकले भने तिन दिनमा पनि पाउन सकेका छैनन् । पिसिआर रिर्पोट समयमा नै नआउँदा एकातर्फ संक्रमण फैलने डर हुन्छ भने अर्कातर्फ पिसिआरका लागि स्वाब दिएका व्यक्ति र परिवारका लागि तनाव त्यत्तिनै हुने गरेको छ ।

    समान्यतया स्वाब दिएको ६ घण्टामा यसको रिर्पोट आउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्ण बताउछन्, तर रामेछापबाट पिसिआरका लागि स्वाब पठाएको ३ दिनमा पनि रिर्पोट आउने गरेको छैन । पिसिआरका लागि आफुले स्वाब पठाएको तिन दिन वितिसक्दा पनि रिर्पोट नआउँदा आफुलाइ मानसिक तनाव भएको नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष युवराज श्रेष्ठ बताए ।

    उनले आफुलाइ मात्र नभएर परिवारका सदस्यलाई पनि त्यतिकै तनाव हुने गरेको बताए । छिमेकी जिल्लाहरुमा पिसिआर परिक्षणका लागि मेसिन प्रयोगमा आइसक्दा पनि रामेछाप जिल्लामा भने मेसिन ल्याउने कुराको अत्तो पत्तो छैन । मेसिन खरिदका बिषयमा सरकारका जिम्मेवार निकायहरु प्रयास भइरहेको सतही जवाफ दिएर पन्छने गरेका छन् ।

    पिसिआर मेसिन खरिद वा अन्य कुनै बिकल्पका बिषयमा आफुले प्रयास गरिरहेको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए । यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्ण भने लामो समयदेखीको आफ्नो प्रयास सफल हुन नसकेको बताउछन् ।

    मेसिन खरिदका लागि केहि स्थानीय तहका प्रमुखहरुले ५ देखी १० लाख सम्म सहयोगको आश्वासन दिएको भएपनि अधिकांश स्थानीय तहहरुले पैसा नभएको भन्दै टार्ने गरेको जनस्वास्थ्य प्रमुख कर्ण बताए । संक्रमणको दर दैनिक रुपमा बढ्दै जाँदा नागरीकहरुले स्वाब परिक्षणका लागि आवश्यक पर्ने पिसिआर मेसिन खरिदका लागि कुरा उठाउँदा पनि आफ्नो आवाज कमजोर भएको नागरीक अगुवाहरु बताउँछन् ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images