‘ये जवानी है दीवानी’ अभिनेत्री एभलीनले गरिन् सुटुक्क विवाह
  • SNN Nepal

  • काठमाडौ । फिल्म ‘ये जवानी है दीवानी’की अभिनेत्री एभलीन शर्माले विवाह गरेकी छन् । उनले डा. तुषान भिण्डीसँग अष्ट्रेलियामा सुटुक्क विवाह गरेकी हुन् । भारतीय मुलका तुषान पेशाले डेन्टल सर्जन हुन् । आफ्नो विवाहको खबर एभलीनले सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरेर बाहिर ल्याएकी हुन् ।

    उनले भिण्डीसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ‘मिस्टर एण्ड मिसेज भिन्डी । यो सानो विवाह समारोह मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण दिन बनाउने सबै मानिसमा धन्यवाद ।’ तस्बिरमा एभलिन सेतो गाउन र उनका श्रीमान् तुषान निलो सुटमा देखिएका छन् ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images