काठमाडौंको सानो भर्‍याङस्थित नक्कली कस्मेटिक कारखानामा प्रहरी छापा
  • SNN Nepal

  • काठमाडौ । काठमाडौंको सानो भर्‍याङस्थित कस्मेटिक कारखानामा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतीय नागरिक राजन जैसवालले सञ्चालन गरेको कारखानामा छापा मारेको हो ।

    थानकोट बस्ने जैसवालले नाम चलेका ब्राण्डका स्टिकर टाँसेर कमसल कस्मेटिक उत्पादन गरेर बेच्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

    उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको टोली पनि सो कारखानामा पुगेको छ । चार तलाको घरमा रहेको कारखाना वाणिज्य विभागले सिल गर्ने तयारी गरेको छ । जैसवाल पहिले पनि राजस्व छलि प्रकरणमा मुछिएका थिए ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images