चोरी मुद्दाका चार फरार अभियुक्त महिला पक्राउ
  • SNN Nepal

  • दाङ । चोरीको आरोपमा दाङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार चोरी गरि फरार रहेका चार महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    दाङ देउखुरी अदालतले २०७६ साल वैशाख ३० गते सामूहिक चोरी मुद्धामा ५० हजार रुपैयाँ नगद जरिवाना र ८ महिना ७ दिन कैद सजाय फैसला सुनाइएका फरार चार महिलालाई जिल्ला प्रहरी कार्यालय दाङ्गको टोलीले पक्राउ गरेको हो ।

    प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ को ढोंडेनी भन्ने स्थानमा लुकिछिपी बसेका सोही स्थानकी ३६ वर्षीया शान्ति सुनार, २५ वर्षीया सन्तोषी नेपाली , ३६ वर्षीया चन्द्राकला सुनार र ३५ बर्षीया ज्योती दमाई रहेका छन् । उनीहरुलाई आजै अदालतमा पेश गरिएको जनाइएको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images