आज ६९५१ संक्रमणमुक्त
  • SNN Nepal

  • काठमाडौं । नेपालमा आज ६ हजार ९५१ जना संक्रमितहरु संक्रमणमुक्त हुनुभएको छ । गएको २४ घण्टामा ४ हजार ४७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९२ जना संक्रमितको मृत्यु भएको छ । अहिले ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् ।

    पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५९०१ जनाको एन्टीजेन परीक्षण भएको थियो ।

    अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । यस्तै ७ हजार ९९० संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा आज ११ सय १५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ७९०, भक्तपुरमा १ सय ३५ तथा ललितपुरमा १ सय ९० गरी ११ सय १५ जनामा कोरोना पुष्टि भएको हो ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images