प्रधानसेनापति थापाको सम्बोधनका तीन सन्देश
  • SNN Nepal

  • काठमाडौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकालको उत्तरार्द्धमा आइतबार विशेष सम्बोधनमा तीन विषयमा जोड दिनुभएको छ ।
    पहिलो, ‘स्वभाविकरुपमा नेतृत्व हस्तान्तरण गर्ने’ थापाले उद्घोष गर्नुभयो । दोस्रो, कार्यकालको पहिलो र दोस्रो वर्ष सार्वजनिक गरिएका महत्वाकांक्षी योजना कार्यान्वयनको स्थितिको फेहरिस्त उल्लेख गर्नुभयो ।

    तेस्रो चाहिँ थापाले आफैंलाई मूल्यांकनको कसीमा राख्न चाहनुभयो । पारदर्शीरुपमा पूर्वघोषित प्राथमिकता पूरा गर्ने प्रयास गरेको बताउँदै तीन वर्षको कार्यकालभरि ‘खरो उत्रिए, नउत्रिएको’ आफैं मूल्यांकन गर्न पत्रकारसामू उहाँले भन्नुभयो । थापाले अघि सारेका ‘आर्मी भिजन-२०३०’ जस्ता रणनीतिक र दरगामी महत्वको विषय भावी पुस्ताले कार्यान्वयन गर्दै योजनाबद्ध रुपमा सेनालाई आधुनिकीकरणको दिशामा अघि लैजानुपर्ने बताउनुभयो । उहाँले अघि सारेको प्रधानसेनापति त्रैमासिक रोलकल, आचारसंहिता सप्ताह, सिपाही साथ प्रधानसेनापति, नेतृत्व संवाद जस्ता कार्यक्रमहरु प्रभावकारी देखिएका थिए ।

    प्रधानसेनापति थापाको कार्यकालमा भएको महत्वपूर्ण नीतिगत काम सेनालाई ‘तीन जोड एक’ कमाण्ड संरचनामा लैजाने निर्णय हो । मुलुक संघीयतामा गएपछि ७ वटा प्रदेशमा रहने गरी खडा गरिएका पृतनालाई खारेज गरेर उनले कमाण्ड संरचनामा सेनालाई लैजाने निर्णय गराउनुभयो । सेनाले कोशी तटीय क्षत्रेलाई पूर्वी, गण्डकीलाई आधार बनाएर मध्य कमाण्ड र कर्णाली नदीको आधारमा पश्चिम कमाण्ड राख्ने निर्णय गरेको हो । विशेष महत्वको क्षेत्र भएकाले बागमतीलाई आधार बनाएर उपत्यका कमाण्ड पनि राखिएको सेनापति थापा बताउनुहुन्छ ।
    नेपालको भू-बनावट र रणनीतिक दृष्टिकोणबाट उत्तर-दक्षिणमा आधारित कमाण्ड संरचनामा फौज राख्नु उपयुक्त हुने निष्कर्ष सेनापति थापाको छ । कमाण्ड संरचनाले सैनिक स्रोत, साधनको सन्तुलित तैनाथी र द्रुत परिचालनमा पनि सहयोग गर्ने सेनाको बुझाइ छ ।

    निर्देशनालयले सीमा सम्बन्धी सन्धि, सम्झौता, नक्सा तथा ऐतिहासिक दस्तावेजहरुको अध्ययन, अनुसन्धान र संरक्षण गर्नेछ । राष्ट्रिय सुरक्षा नीति, २०७५, राष्ट्रिय प्रतिरक्षा नीति, २०७७ र राष्ट्रिय सैनिक रणनीतिको तयार हुनुलाई पनि थापाले आफ्नो कार्यकालमा भएका नीतिगत क्षेत्रका सफलता मानेका छन् ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images