ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
  • SNN Nepal

  • नवलपरासी (पूर्व) । नवलपरासीको देवचुली नगरपालिका-२ हमालचोकस्थित सडकमा ना.१ क ३९५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्‍यु भएको छ ।

    ईलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

    उनको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारको क्रममा उनको मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images