वन मुद्दामा सजाय सुनाइएका फरार पाँच पक्राउ
  • SNN Nepal

  • दाङ । जिल्ला अदालत दाङले सामूहिक वन मुद्दामा सजाय सुनाएका फरार पाँच जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ५४ वर्षीय गिरिराज गिरी, ५३ वर्षीय रामप्रसाद पाण्डे, ५६ वर्षीय सीता देवकोटा, ४४ वर्षीय लालबहादुर चौधरी र ४७ वर्षीय आलोक घिमिरे छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुविरुद्ध २०७४ साल चैत्र १४ गते देउखुरी जिल्ला अदालतले वन मुद्दामा एक लाख ३८ हजार ९ सय १७ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेकाहरुलाई जरिवाना असूलीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

    दाङको घोराही उपमहानगरपालिका वडा–२ निमुरियामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरु आइतबार दिउँसो पक्राउ परेको र आइबारै जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images