भाटभटेनीलाई ४ लाख जरिवाना तिराउने काठमाडौं प्रशासनको आदेश
  • SNN Nepal

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई चार लाख जरिवाना तिर्न आदेश दिएको छ । निषेधाज्ञाको उल्लंघन गरी स्टोर खोलेको भन्दै काठमाडौं प्रशासनले यस्तो आदेश दिएको हो ।

    कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार चार लाख रुपैयाँ जरिवाना गराइएको काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराए । अध्यादेशअनुसार व्यक्तिले निषेधाज्ञा उल्लंघन गरेमा एक लाख र संस्थाले उल्लंघन गरे पाँच लाखसम्म जरिवाना तिराउन सक्ने व्यवस्था रहेको छ ।

    सोमबार दिउँसो निषेधाज्ञाको उल्लंघन गर्दै भाटभटेनी खोलेपछि कोटेश्वर शाखाका म्यानेजर सागर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । उपत्यकामा जारी निषेधाज्ञामा बिहान ९ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्ने समय तोकिए पनि दिनभर भाटभटेनी खुला गरेको सूचनाका आधारमा अनुगमन गर्दा स्टोर खोलेको पाएपछि म्यानेजरलाई पक्राउ गरी काठमाडौं प्रशासनले जरिमानाको आदेश दिएको हो ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images