चुरेबाट एक डोको पनि गिट्टी–बालुवा उठाउँदैनौं : मन्त्री पौडेल
  • SNN Nepal

  • काठमाडौँ, २४ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरेका विषयमा दुश्प्रचार गरिएको बताउँदै चुरे क्षेत्रबाट एक डोको पनि गिट्टी बालुवा नउठाउने बताउनुभयो ।

    सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेट कार्यान्वयन चुनौती र समाधान विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री पौडेलले चुरे दोहनका पुराना ‘क्ल्प्सि’ (भिडियो) हरु ल्याएर अनावश्यक दुश्प्रचार भइरहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले बजेटमा खोट खोज्न चाहनेले खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकेको आरोप लगाउनुभयो । चुरे संरक्षणमा सरकार प्रतिवद्ध भएको भन्दै चुरेबाट एक डोको गिटी बालुवा पनि नउठाउने प्रतिवद्धता जनाउनुभयो ।

    उहाँले भन्नुभयो, ‘बजेटमा केही खोट नपाएपछि अतिरञ्जनापूर्ण ढंगले वातावरणको मुद्दा उठाएर विवाद झिकिएको छ, विवाद निकाल्नेहरुलाई म स्पष्ट पार्न चाहन्छु सरकार वातावरण संरक्षणमा प्रतिबद्ध छ ।’

    कोभिड प्रभावित नागरिकको जीवन रक्षा बजेटको प्राथमिकता भएको भन्दै उहाँले बजेटका सन्र्दभमा उठेका सकारात्मक र रचनात्मक सुझावलाई स्वीकार गर्ने पनि बताउनुभयो । स्रोत अभाव र महामारीको जटिल अवस्थामा हामीले निकै राम्रो बजेट प्रस्तुत गर्न सकेका भन्दै उहाँले यसलाई सबै क्षेत्रबाट असाधारण सर्मथन मिल्दै गएको दावी गर्नुभयो ।

    सबै नेपालीलाई निःशुल्क कोभिड भ्याक्सिनको व्यवस्था गर्न बजेट केन्द्रित रहने भन्दै उहाँले कोभिड महामारीले जीवीकोपार्जन, रोजगारी र उत्पादन सृजनामा पु¥याएको असरको समाधान गर्दै पुर्नउत्थानको लागि प्राथमिकताका साथ काम गर्ने पनि उनले प्रतिबद्धता जनाउनुभयो ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images