महोत्तरीमा मध्यराति गोली प्रहार गरी लुटपाट
  • SNN Nepal

  • जनकपुरधाम। महोत्तरीमा सोमबार मध्यराति डाका समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् ।

    लोहारपट्टी नगरपालिका ६ मा सोमबार राति डाका समूहले स्थानीय रामकरण साहको घरमा गोली प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको छ ।

    महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन् । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । गायत्रीको दाहिने तिघ्रामा गोली लागेको छ ।

    डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेका उनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images