सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
  • SNN Nepal

  • सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन् । प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम उनले प्रदेशसभामा प्रस्ताव पेश गरेका हुन् ।

    मुख्यमन्त्री भट्टलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ। एमालेको ओली खेमाको असन्तुष्टिका बीच विश्वासको मत दिने निर्णय भएको हो । सुदूरपश्चिममा एमालेको माधव नेपाल पक्षको बहुमत रहेको छ। यस्तै काँग्रेसले आवश्यक पर्दा मत दिने गरी तटस्थ बस्ने निर्णय गरेको छ ।

     यस्तो छ प्रदेशको अंकगणित
    ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ संसद छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल रहेको एमालेका २५ सांसद छन् । तीमध्ये ६ जनामात्र ओली पक्षका छन् ।

    एमालेको खनाल–नेपाल पक्षले भने वर्तमान सरकारमै सत्ता साझेदारी गर्दै आएको छ । एमाले प्रदेश कमिटीले सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नका लागि आफ्नो संसदीय दललाई निर्देशन दिएपछि त्यसको अवज्ञा गर्दै विश्वासको मत दिने निर्णय भइसकेको ।

    यसको नतिजा स्वरुप ओली पक्षले फ्लोर क्रसको सम्भावना रहेको छ । यस्तै प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images