सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय, मुख्यमन्त्री भट्टलाई राहत
  • SNN Nepal

  • कैलाली । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

    ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद छन् । एमाले संसदीय दलमा खनाल–नेपाल पक्षको बहुमत छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ मध्ये ७ सांसद खुलेर लागेका छन् ।

    ओली पक्षको प्रदेश कमिटीले भने विश्वासको मतको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको थियो । तर प्रदेश कमिटीको निर्देशनलाई उपेक्षा गर्दै संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    एमाले संसदीय दलको निर्णय अनुसार मतदान भएमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार सुरक्षित रहन्छ । ओली पक्षले फ्लोर क्रस गरेको अवस्थामा समेत प्रदेश सरकारले खनाल–माधव पक्षका सांसदकै समर्थनमा विश्वासको मत हासिल गर्न सक्छ । प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images