स्वास्थ्यमन्त्री भन्छन्- सबै नागरिकलाई खोप लगाउन प्रयत्न गर्दैछौँ, उमेरअनुसार क्रमश: दिँदै जान्छौँ
  • SNN Nepal

  • काठमाडौ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताएका छन् ।

    मंगलबार बागमती प्रदेश स्काउट अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री तामाङले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउनको लागि सरकारले प्रयास गरिरहेको बताएका हुन् ।

    खोप ल्याउने क्रम जारी रहेको जानकारी दिँदै मन्त्री तामाङले उमेर समूहअनुसार क्रमशः खोप दिँदै जाने बताए । दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरूको हकमा पनि छिट्टै खोप ल्याएर दिइने उनको भनाइ थियो ।

    ‘हामी खोप छिट्टै ल्याउँदैछौँ । खोपहरू आउनेछन् । हामी धेरै पहलकदमी गरिरहेको छौँ । क्रमैसँग सबैलाई खोप लगाइनेछ । खोप सुनिश्चित गर्नेछौँ । नेपाली जनताको रक्षाको लागि मैले गर्नुपर्ने हरतरहको प्रयत्न गर्नेछु,’ तामाङले भने, ‘खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समूहलाई ध्यानमा राखेर गरिरहेका छौँ । बाँकी रहेकाहरूका लागि पनि छिट्टै खोप ल्याएर दोस्रो डोज लगाउने कुरामा पनि हामी प्रतिबद्ध छौँ । आम नागरिकलाई खोप लगाउनको लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि हामी प्रयत्न गरिरहेका छौँ ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images