पाँचथरमा पिकअप दुर्घटना, २ जनाको मृत्यु
  • SNN Nepal

  • पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् ।

    थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images