राउटे युवतीहरूमाथि भएकाे दुर्व्यवहारका दोषीलाई हदैसम्मको कारवाही गर्न माग
  • SNN Nepal

  • सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का युवाहरुले स्थानीय राउटे समुदायका युवतीहरूलाई मदिरा सेवन गराई यौन दुर्व्यवहार गरिएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    संघकी अध्यक्ष कुन्ती कुमारी शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाका कारण युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने देखिएको हुँदा उनीहरुको जीवन रक्षाको लागि तत्काल आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

    यसैगरी बाहिरी मानिसहरुलाई राउटे बस्तीमा जान रोक लगाउन, राउटे समुदायहरुको सम्पूर्ण सुरक्षा, गाँस, बास र कपासको तुरुन्त ब्यवस्था गर्दै घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न शाहीले विज्ञप्तिमार्फत माग गरेकी छिन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images