काठमाडौँ महानगरपालिकाले राहत र सहुलियतका कार्यक्रम ल्याउने
  • SNN Nepal

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरबासीलाई केही राहत र सहुलियतको योजना पेश गर्ने भएको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरि पनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताउनुभयो । मेयर शाक्यले कोभिड–१९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रित हुने जानकारी दिनुभयो । महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयर लगायत सबै सहभागी हुने पनि उहाँले जानकारी दिनुभयो ।

    नगर क्षेत्रका संक्रमित तथा कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई केही सहायता उपलब्ध गराउने पनि मेयर शाक्यले उल्लेख गर्दै महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट कोरोनाका कारण व्यापार व्यवसाय, पेशा, रोजगारीमा परेको असरलाई राहत दिनेगरी आउने बताउनुभयो । महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम आउने बताउनुभयो ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images