चट्याङले लागेर २३ जनाको मृत्यु
  • SNN Nepal

  • काठमाडौँ । भारतमा चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ ।

    पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङका कारण कम्तीमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

    सरकारी अधिकारीहरुका अनुसार हुगलीमा १०, मुर्शिदाबादमा ९, हवाडामा २ र पश्चिम मोदिनीपुरमा २ जनाको मृत्यु भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images