चिठ्ठाको बहानामा ठगी गर्न पक्राउ
  • SNN Nepal

  • पर्सा । २५ लाख चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का निरजकुमार सिंह रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनलाई केही दिन अघि नै पक्राउ गरिएको हो ।

    सामाजिक सञ्जाल ह्वाट्सएप, आइएमओलगायतमा तपाईंलाई २५ लाख रुपैयाँको चिठ्ठा परेको भन्दै विश्वासमा दिलाएर ठगी गरेको महानगरीय अपराध महाशाखामा उजुरी पछि उनलाई पक्राउ गरिएको डीएसपी खनालले बताए ।

    उनले चिठ्ठा परेको र अब कर तिर्नुपर्ने बाहना बनाएर आइएमई, ई सेवाबाट जम्मा दुई लाख १० हजारसम्म रकम लिएको पाइएको प्रहरीले जनाएको छ।

    अहिले प्रहरीले उनीमाथि ठगी कसूरमा थप अनुसन्धान अघि बढाएको बताएको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images