मोरङमा चट्याङले लागेर एक जनाको मृत्यु
  • SNN Nepal

  • मोरङ । चट्याङले लागेर मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित एकजनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय मनिराम चौधरी रहेका छन् ।

    इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा चट्याङ पर्दा चौधरी बेहोस भएका थिए।

    उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको हो ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images