कोरोना भाइरस उत्पत्तिबारे चीनलाई थप दबाब दिन मिल्दैन : डब्लुएचओ
  • SNN Nepal

  • काठमाडौँ। कोरोना भाइरस उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने तर्कमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओका) वरिष्ठ अधिकारीहरू एकमत देखिएका छन् ।

    डब्लुएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले आफूहरुसँग अहिलेको अवस्थामा चीनलाई दबाब दिने कुनै पनि अधिकार नरहेको बताएका हुन् ।

    अझै पनि कोरोना भाइस जनावरबाट मानिसमा आएको वा प्रयोगशालाबाट निस्किएको हो भन्ने टुङ्गो लागिसकेको छैन ।

    विशेषगरी चीनको वुहानस्थित प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको विवाद पछिल्लो समय चर्चामा छ । धेरै वैज्ञानिकहरुले कोरोनाको उत्पत्तिको विषयमा पूर्णरुपमा अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । चीनले भने प्रयोगशालाबाट कोरोना भाइरसको संक्रमण बाहिरिएको आरोप अस्वीकार गर्दै आएको छ ।

    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना चीनको प्रयोगशालाबाट नै बाहिरिएको दाबी गरेका थिए।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images