‘सिंघम’ पछि ‘कैथी’मा अजय र काजल
  • SNN Nepal

  • मुम्बई(बलिउड लाइफ)।बलिउड अभिनेता अजय देवगन ‘मे डे’, ‘भुजः द प्राइड अफ इण्डिया’सहित केही अन्य प्रोजेक्टमा व्यस्त छन् । गत महिना अजयले कार्थी स्टारर फिल्म ‘कैथी’को रिमेक गर्ने घोषणा गरेका थिए ।

    फिल्म ‘कैथी’ बक्सअफिसमा सफल फिल्म हो । व्यावसायिक सफलतासँगै यो फिल्मले गीत बिनाको फिल्ममा पनि महिला पात्रले सशक्त अभिनय गर्न सक्छ भन्ने प्रमाणित गरेर देखाएको थियो ।

    फिल्मका निर्माताले ‘कैथी’को हिन्दी रिमेकमा अभिनेत्री काजल अग्रवाललाई अभिनय गराउने योजना बनाएका छन् । जसअनुसार फिल्ममा काजललाई अजयको श्रीमतिका रुपमा अभिनय गराउदै फ्ल्यासब्याक देखाइनेछ । हाल काजलसँग छलफल चरणमा रहेकोले उनको ग्रीन सिग्नल आउनासाथ लकडाउन खुलेपछि सुटिङ सुरु गरिनेछ ।

    काजल फिल्म ‘आचार्य’मा देखिँदैछन् । यो फिल्ममा चिरञ्जीवी र रामचरण प्रमुख भूमिकामा छन् ।

    अजय अभिनित फिल्म ‘भुजः द प्राइड अफ इण्डिया’ डिजिटल प्लेटफर्म डिस्ने प्लस हटस्टारबाट रिलिज हुने तयारीमा छ । फिल्ममा सञ्जय दत्त, सोनाक्षी सिन्हा, नोरा फतेहीको पनि अभिनय छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images