माओवादीमा विलय हुने भिम रावलको योजना
  • SNN Nepal

  • काठमाडौं । एमाले नेता पूर्वमन्त्री भीम रावलले आफू र आफ्ना नेता कार्यकर्तालाई माओवादीमा विलय हुने योजना रहेको तथ्य खोल्नुभएको छ । आज सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका मुख्यमन्त्रीलाई भोट हाल्न लगाएर माओवादी सरकार जोगाएपछि आफ्नो आदर्शबाटै च्यूत भएको तथ्य खोलिदिनुभएको हो ।

    कुनै समय नेपाली सञ्चारमाध्यममा बन्दुके कमरेडको उपनामबाट परिचित पूर्वगृहमन्त्री रावलले आफ्नो प्रदेशमै माओवादीमा विलय हुने योजनाको सुरुवात गर्नुभएको हो । उहाँले सामाजिक सञ्जाल ट्विटर ह्याण्डलमार्फत मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिँदै विधि, विधान र पद्धति मिच्नेहरुले राजनीतिक नैतिकताको केही शिक्षा लिने कि भन्दै प्रश्न समेत गर्नुभयो । रावलकै निर्देशनमा माओवादीका मुख्यमन्त्रीलाई एमालेका सांसदले विश्वासको मत दिएका हुन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images