मन्त्रिपरिषदबाट बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत
  • SNN Nepal

  • हेटौंडा । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ ।

    मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमलाई स्वीकृत प्रदान गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

    प्रदेश सरकारले आगामी जेठ २७ गते प्रदेशसभामा पेश गर्न तयार पारिएको नीति तथा कार्यक्रमलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण, उपचार र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images