करेन्ट लागेर दुईजनाको मृत्यु
  • SNN Nepal

  • काठमाडौँ । करेन्ट लागेर कास्कीमा एक जना र स्याङजामा एक गरि दुई जनाको मृत्यु भएको छ ।

    कास्कीको अन्नपूर्ण गाउँपालिका–१० होदुमा करेन्ट लागेर स्थानीय शेरबहादुर विकका आठ वर्षीय छोरा युवराज विकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

    आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा करेन्ट लागेर बेहोस भएका बालकको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै स्याङजाको चापाकोट नगरपालिका–१० र १ जोड्ने निर्माणाधीन पुलमा काम गर्ने दाङको राप्ती गाउँपालिका–५ घर भएका २० वर्षीय शशीधर थापाको पनि करेन्ट लागेर मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको तारबाट अचानक करेन्ट लाग्दा घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images